गलकोटकी ६५ वर्षीया बृद्धाको रिपोर्ट नेगेटिभ

डम्मर बुढा मगर, बागलुङ
गलकोट नगरपालिका वडा नम्बर ६ की ६५ वर्षीया बृद्धाको रिपोर्ट नेगेभि आएको छ ।

कोरोना आंकामा उनको स्वाब परीक्षण बिहिबार पोखरा पठाइएकोमा शुक्रबार उनको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।

उच्च ज्वरो, रुघा खोकी र श्वासप्रश्वास गर्न समस्या भएपछि धौलालागिरी अञ्चल अस्पतालमा आएकी उनलाई कोरोनासँग मिल्दो जुल्लो लक्षण देखा परेपछि आशोलेसन वार्डमा भर्ना गरिएको थियो ।

उनी ज्वरो आउने र रुघा खोकी लागेपछि बैशाख ३० गते गलकोट हटियामा रहेको आरोग्य हस्पिटलमा उपचारको लागि भर्ना भएकी थिइन् ।

समान्य उपचार गरी ज्वरो केही कम भएपछि उनलाई बैशाख ३१ गते डिस्चार्ज गरिएको थियो भने श्वासप्रश्वासमा समस्या भएपछि बिहिबार उनलाई धौलागिरी अञ्चल अस्पताल बागलुङ आएकी थिइन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *