बागलुङ आउँदै गरेको एम्बुलेन्स पर्वतमा दुर्घटना, ३ जना घाइते

डम्मर बुढा मगर, बागलुङ

पर्वतको सह्रश्रधारामा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

पोखरादेखि बिरामी लिएर बागलुङ आउँदै गरेको ध २ च ६९०८ नम्बरको एम्बुलेन्स कुश्मा नगरपालिकाको सह्रश्रधारामा दुर्घटना हुँदा ३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी हेम केसीले जानकारी दिनुभयो ।

एम्बुलेन्स दुर्घटना हुँदा चालक बागलुङ नगरपालिका वडा नम्बर १२ का ३२ वर्षीय चन्द्रबहादुर विक, सोही स्थानका २० वर्षीय किशोर शर्मा र ४१ वर्षीया खगेश्वरी शर्मा घाइते भएको प्रहरीले जनाएको छ ।

२० वर्षीय युवा किशोर शर्मालाई उपचार गराई पोखराको मणिपाल हस्पिटलबाट लिएर आउने क्रममा एम्बुलेन्स दुर्घटना भएको हो । दुर्घटनामा ४१ वर्षीया खगेश्वरी शर्मा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई धौलागिरी अस्पताल लिइँदै गरेको प्रवक्ता केसीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *