बुर्तिबाङमा कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन अभ्यास

सुमन सुनार, बुर्तिबाङ

बुर्तिबाङ स्थित उत्तर गंगा माध्यमिक विद्यालयमा रहेको नेपाल आर्मीको सत्रुमर्दन गुल्मले कोरोना भाईरसको संक्रमणबाट मृत्यू भएकाहरुको शव व्यवस्थापन सम्बन्धि विशेष अभ्यास गरेको छ ।

कोरोनाले मृत्यु भएकाहरुको शव व्यवस्थापनमा अपनाईने साबधानी तथा पिपिई सामग्रीको प्रयोग, गाडी, विसंक्रमण सम्बन्धी डेमो प्रस्तुत गरेको थियो ।

डेमोमा मृत्यु भएको शव व्यवस्थापनदेखि परिवार, स्वास्थ्यकर्मी र समुदायलाई सुरक्षित बनाउने उपायको बारेमा नाटक मार्फत जानकारी गराईएको थियो । शवलाई अस्पतालको बेडबाट उठाएर सवारी साधनमा राख्नेदेखि दाह संस्कारसम्म कसरी जोखिमबाट जोगिने भन्ने बारे अभ्यास गरिएको थियो ।

शवको व्यवस्थापन गर्दा पिपिई लगाउने, शवमा ओढाउने लुगादेखि, बोक्ने सामाग्री र सवारी साधनलाई स्यानिटाइज गर्ने, समुदायलाई टाढै राखेर शवको व्यवस्थापन गर्ने गरी अभ्यास गरिएको थियो ।

कार्यक्रममा नेपाल आर्मीको २३ नम्बर बाहिनी अड्डाका बागलुङका प्रमुख सहायक रथी पवन दास घिमिरे, ढोरपाटन नगरपालिकाकानगर प्रमुख देव कुमार नेपाली, निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगर, ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेल सहित नेपाल आर्मी, नेपाल प्रहरी, स्वास्थ्यकर्मी उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *