गलकोटमा बिरामी बोकेको जीप दुर्घटना हुँदा २ जना घाइते

डम्मर बुढा मगर, बागलुङ
गलकोटमा पिकअप जीप दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

गलकोट नगरपालिका वडा नम्बर ३ तल्लो लमइमा आज बिहान ग २ च ५९८० नम्बरको पिकअप जीप दुर्घटना हुँदा सोही वडाका ७२ वर्षीया भविकला बस्नेत र २६ वर्षीय विष्णु बस्नेत घाइते भएको प्रहरी चौकी हटियाका सई अनुप खत्रीले जानकारी दिनुभयो ।

जीपले बिरामी लिएर हस्पिटल जाने क्रममा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ब्रेक फेल हुँदा जीप सडकबाट एक सय मिटर तल खसेको बताइएको छ ।

घाइतेको गलकोट स्थित आरोग्य हस्पिटलमा सामान्य उपचारपछि पोखरा रिफर गरिएको प्रहरीको भनाई छ । घाइते भविकला खत्रीको बाँया हात नचल्ने प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *