कैलाली हुँदै भारतबाट बागलुङ आए १६ जना

डम्मर बुढा मगर, बागलुङ
कैलाली हुँदै भारतबाट आएका १६ जनालाई सम्बन्धित पालिकामा पठाइएको छ ।

साेमबार राति बागलुङ बजार आइपुगेका उनीहरुलाई मंगलबार विहान सम्बन्धित पालिकामा पठाइएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाले जानकारी दिनुभयो ।

उनीहरुसहित कैलालीबाट आएका बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डेका ३ जनालाई धौलागिरी प्राबिधिक शिक्षालय क्वारेन्टाइनमा राखिएको उनीहरुको उद्धारमा लाग्नुभएका अधिवक्ता राम शर्माले जानकारी दिनुभयो ।

भकुण्डेका ३ जना एकै परिवारका श्रीमान, श्रीमती र उनीहरुको बच्चा भएको पाइएको छ । उनीहरु आफन्तलाई भेट्न लकडाउन अगाडी कैलाली पुगेका थिए ।

अन्य १६ जना मध्ये ताराखोला गाउँपालिकाका ६ जना, ढोरपाटन नगरपालिकाका ८ जना र तमानखोला गाउँपालिकाका २ जना रहेका छन् ।

उनीहरुलाई पालिकाहरुले निर्माण गरेको क्वारेन्टाइनमा राखिने ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती मगरले जानकारी दिनुभयो ।

उनीहरुलाई हाल क्वारेन्टाइनमा राख्ने र निश्चित अवधी पुगेपछि स्वाब गरीक्षण गरिने अध्यक्ष घर्तीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *