एकै दिन थप २७ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ४०२ पुग्यो

काठमाडौं  
नेपालमा कोरोना संक्रमितको संख्या ४०२  पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार एकै दिन २७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ४०२ पुगेको हो। 

नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३२ हजार ६ सय ४ र  आरडीटी विधिबाट ७४ हजार ६ सय ४९  जनाको परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट दुई हजार दुई सय ८० र आरडीटी विधिबाट पाँच हजार ८९  जनाको नमुना परीक्षण गरिएको छ। 

प्रवक्ता देवकोटाका अनुसार २१ हजार ६ सय २३ जना क्वारेन्टाइनमा छन्। उपत्यकामा १७  र बाहिर ४४० गरेर आइसोलेसनमा ४ सय ५७ जनालाई राखिएको छ। मंगलबार विराटनगरस्थित कोसी अस्पतालमा उपचार गराइरहेका झापाका ६२ वर्षीय पुरुष डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ३७ पुगेको छ। 

काठमाडौंका विभिन्न स्थामा नमुना परीक्षण गर्दा काठमाडौंका कालिमाटी, सफाइ कर्मचारी, गोगंबु क्षेत्रमा भएका परीक्षणमा सबै रिपोर्ट नेगेटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिए। 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *