बरेङ गाउँपालिकाद्वारा फ्रन्टलाइनरको कोरोना बीमा

डम्मर बुढा मगर, बागलुङ
बागलुङको बरेङ गाउँपालिकाले कोरोना संकटको बेला फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीहरुको लागि कोरोना बीमा गरि दिने भएको छ ।

स्वास्थ्यकर्मीसँगै गाउँपालिकाले स्वास्थ्य संस्थाका कार्यालय सहयोगी, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र पत्रकारहरुको लागि कोरोना बीमा गर्न थालेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

गाउँपालिकाले स्वास्थ्यकर्मी ३० जना, पत्रकार १० जना, कर्मचारी १५ जना, सुरक्षाकर्मी ५ जना र अन्य अग्रपंतिमा काम गर्ने जनप्रतिनिधि गरि करिब १ सय जनाको कोरोना बीमा गर्न थालेको अध्यक्ष शर्माको भनाई छ ।

कोरोना संकटको समयमा अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारीहरुको आत्मबल बढाउनको लागि गाउँपालिकाले कोरोना बीमा गर्न थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिनुभयो ।

‘कोरोना कहरको समय आफ्नो ज्यानलाई जोखिममा राखि बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी र राष्ट्र सेवक कर्मचारीहरुलाई काम प्रति उत्तरदायि बनाउनको लागि हामीले यो कार्यको सुरुवात गरेका हौँ,’ थापाले भन्नुभयो ‘यो कार्यले पक्कै पनि उनीहरुलाई आफ्नो काम प्रति जिम्मेवार बनाउनेछ र काम गर्न प्रेरित गर्ने छ ।’

प्रमुख प्रशासकीय अधिकृत थापाले प्रति व्यक्ति ६ सयका दरले बीमा हुने बताउनुभयो । मर्यादित जीवन र सुरक्षित भविष्यको लागि गाउँपालिकाले बीमा गर्न थालेको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *