कोरोना कहर : ५१ लाख बराबर संक्रमित, ३ लाख ३२ हजारको मृत्यु

काठमाडौ

विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर हालसम्म ५१ लाख बराबर संक्रमति भएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार ५० लाख ९७ हजार ९४४ मा संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये ३ लाख ३२ हजार ४२५ ले ज्यान गुमाएका छन्। त्यस्तै १९ लाख ४६ हजार ३१२ निको भइसकेका छन्।

सबभन्दा बढी आक्रान्त बनेको अमेरिकामा हालसम्म १५ लाख ७६ हजार ५४२ मा संक्रमण पुष्टि भएको छ। त्यस्तै २ लाख ९८ हजार ४१८ निको भएका छन् भने ९४ हजार ६६१ को मृत्यु भएको छ।

पछिल्लो समय तीव्र रुपमा फैलिएको रुसमा ३ लाख १७ हजार ५५४ मा संक्रमण पुष्टि भएको छ। जसमध्ये ३ हजार ९९ ले ज्यान गुमाएका छन्। त्यस्तै ९२ हजार ६८१ निको भएका छन्।

रुसपछि ब्राजिलमा संक्रमण तीव्रता देखिएको छ। हालसम्म ब्राजिलमा ३ लाख १० हजार ८७ जनामा संक्रमण देखिएको छ। संक्रमितमध्ये १ लाख २५ निको भएका छन् भने २० हजार ४७ ले ज्यान गुमाएका छन्। 

यसैगरी पछिल्ला केही हप्ता स्पेन र इटालीमा नयाँ संक्रमण कम देखिएको छ। हालसम्म स्पेनमा २ लाख ३३ हजार ३७ मा संक्रमण देखिएको छ। जसध्ये २७ हजार ९४० ले ज्यान गुमाएका छन्। त्यस्तै इटालीमा २ लाख २८ हजार ६ जना संक्रमित भइसकेका छन्। तीमध्ये ३२ हजार ४८६ को मृत्यु भएको छ।

कुन देशमा कति (दस देशको आँकडा)
अमेरिका
संक्रमित: १५,७६,५४२
मृत्यु: ९४,६६१
निको: २,९८,४१८

रुस
संक्रमित: ३,१७,५५४
मृत्यु: ३,०९९
निको: ९२,६८१

ब्राजिल
संक्रमित: ३,१०,०८७
मृत्यु: २०,०४७
निको: १,२५,९६०

बेलायत
संक्रमित: २,५२,२४६
मृत्यु: ३६,१२४
निको: १,१३४

स्पेन
संक्रमित: २,३३,०३७
मृत्यु: २७,९४०
निको: १,५०,३७६

इटाली
संक्रमित: २,२८,००६
मृत्यु: ३२,४८६
निको: १,३४,५६०

फ्रान्स
संक्रमित: १,८१,९५१
मृत्यु: २८,२१८

निको: ६३,९७६

जर्मनी 
संक्रमित: १,७९,०२१
मृत्यु: ८,२०३
निको: १,५८,०८७

टर्की
संक्रमित: १,५३,५४८
मृत्यु: ४,२४९
निको: १,१४,९९०

इरान
संक्रमित: १,२९,३४१
मृत्यु: ७,२४९
निको: १,००,५६४

(स्रोतजोन्स हप्किन्स विश्वविद्यालय)

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *