गलकोटमा खरको छाना विस्थापित गरिँदै

बागलुङ
गलकोट नगरपालिकाले नगरलाई खरको छाना मुक्त बनाउने अभियानलाई सुरु गरेको छ ।

गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे र नगर उपप्रमुख रेणुका काउचा मगरले संयुक्त रूपमा वडा नम्बर ६ मा ३ घर परिवारलाई जस्ता पाता हस्तान्तरण गरि अभियान शुभारम्भ गर्नुभएको गलकोट नगरपालिकाले जनाएको छ ।

नगर गौरवको योजना अन्तर्गत अभियान शुभारम्भ गरिएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । नगरपालिकामा रहेका खरका छानाहटाएर जस्ता पाता वितरण गर्ने काम सुरुवात गरेका हौं नगर प्रमुख गैरेले भन्नुभयो ।

विपन्न परिवारले आर्थिक अवस्था कमजोर भएकै कारण बर्षौ देखि खरको छाना मुनि जीवन बिताउन बाध्य भएको र स्थानिय सरकारले त्यो समस्यालाई समाधान गर्न जस्ता पाता वितरण गर्ने अभियान सञ्चालन गरिएको नगर उपप्रमुख रेणुका काउचा मगरले जानकारी दिनुभयो ।

सुरुवातमा हामीले गलकोट नगरपालिकाको वडा नम्बर ६ बाट अभियानको थालनी गरेका छौं नगर उपप्रमुख काउचाले भन्नुभयो । यो योजनाको लागि आर्थिक वर्ष २०७६/०७७ मा गलकोट नगरपालिकाले ६० लाख रकम विनियोजन गरेको गलकोट नगरपालिकाका प्रशासकिय अधिकृत तुल बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

गलकोट नगर भित्र खरको छाना विस्थापित गरि जस्ता पाताले घरहरु छाइने काम अब तत्कालै सुरु गरिने गलकोट नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नर बहादुर खत्रीले जानकारी दिनुभयो । अब क्रमश वडा नंं.५ को ३ घर परिवार, वडा नं ९ को १४ घर परिवार, वडा नं २ मा ८ घर परिवारलाई वितरण गरिने बताइएको छ ।

त्यस पश्चात अन्य वडामा वितरण गर्दै लगिने कार्यक्रम रहेको गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले बताउनुभयो । त्यसको लागि नगरपालिकाको प्राविधिक टोलीले प्रत्येक वडाको घर घरमा पुगेर नाप जाँच गरि यथार्थ र वास्तविक विवरण संकलन गर्ने काम भइरहको छ ।

यस वर्ष वितरण गर्दा अपुग भएमा आगामी वर्ष त्यसलाई पुनः निरन्तरता दिइने गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिनुभयो । गलकोट नगरपालिकामा सबै भन्दा धेरै वडा नं.११ रिघामा २०० घरमा खरको छाना रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *