बडिगाडमा भारतबाट आएका ८० जनालाई क्वारेन्टिनमा राखियो

म्याग्दीबाट आएको गाडीले लगेन आठ जना आफ्ना नागरिक

कमल पौडेल, बडिगाड

बडिगाड गाउँपालिकामा भारतबाट फर्किएका ८० जनालाई क्वारेन्टिनमा राखिएको छ ।

बडिगाड गाउँपालिका वडा नम्बर २ को त्रिभुवन नमुना माविमा ३८ जना र वडा नम्बर ५ को भानु माविमा ४० जनालाई क्वारेन्टिनमा राखिएका छ ।

आज विहान आएका २ जनालाई बुद्ध मावि खालमा पठाएको छ । गाउँपालिकाले भारतमा रहेका र समस्यामा परेर नेपाल आउन चाहेका नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

कतिपय पूर्व सुचना बिना नेपाल आउँदा व्यवस्थापनमा समस्या हुने गरेको गाउँपालिकाले जनाएको छ । बडिगाड गाउँपालिकाले पालिका भित्रका ५ सय जनालाई क्वारेन्टिनमा राख्ने गरि व्यवस्थापन गरिरहेको छ । गाउँपालिकाले नै व्यवस्थापन गर्ने गरी मध्यपहाडि लोकमार्ग नजिकका विद्यालयहरुलाई क्वारेन्टिन बनाएको छ ।

गाउँपालिकाले भारत लगाएत बैदेशिक रोजगारीमा रहेका नागरिकहरुको सुचना संकलन गरि समन्वय गर्न वडा नम्बर ७ का अध्यक्ष कृष्ण गुरुङको संयोजकत्वमा राजन पाइजा तथा सुचना प्रविधि अधिकृत निसान अधिकारी रहेको द्रुत समन्वय समितिको गठन गरेको छ ।

जोखिममा रहेका नागरिकको व्यवस्थापन, सुचना संकलन तथा कन्ट्रयाक्ट ट्रेसिङ गर्न बडिगाड स्वास्थ्य शाखा उपसंयोजक चुरामणि कँडेलको संयोजकत्वमा, भिमगिठे स्वास्थ्य चौकी इन्चार्ज दिपेन्द्र केसी र बडिगाडका ल्याव टेक्निसियन अनिता थापा रहेको सिआइसिटिटिको निर्माण गरि काम अगाडि बढाएको छ ।

समस्यामा परेका गाउँपालिका भित्रका सबै नागरिकले सम्पर्क गर्न र समन्वयमा मात्रै गाउँपालिका आउन गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिकाकै खर्चमा क्वारेन्टाइन व्यवस्थापन तथा मेस मार्फत खाने बस्ने व्यवस्था गरिएको छ ।

आइतबार विहान ३ बजे खर्बाङ हाँडीखोला नाकामा आएका २ बस यात्रुहरु मध्ये गलकोट नगरपालिकाको २५ जना, बरेङ गाउँपालिकाको १ जना तथा ढोरपाटन नगरपालिकाको ५५ जनालाई सम्बन्धित ठाउँमा पठाइएको प्रहरी चौकी खर्वाङका इन्चार्ज गुरुप्रसाद न्यौपानेले जानकारी दिनुभएको छ ।

बागलुङ नगरपालिकाका ३ जना, काठेखोला गाउँपालिकाका ३ जना, गलकोट नगरपालिकाका १ जना तथा म्याग्दीको रघुगंगा गाउँपालिकाका ३ जना, धौलागिरि गाउँपालिकाका ३ जना र बेनी नगरपालिकाका २ जना गरि १५ जनालाई खर्बाङमा अस्थायी रुपमा राखिएको छ ।

राति आएका उनीहरुलाई सम्बन्धित स्थानीय तहसँग समन्वय गरि पठाउन खोजिएको तर सम्बन्धित पालिकाहरुले गाडी नपठाएका कारण पठाउन नसकेको प्रहरीले जनाएको छ ।

म्याग्दीका पालिकाले नागरिक लिन गाडी पठाए पनि आएको गाडिले यात्रु नबोकी फर्किएको छ । पालिकाले जाँच भएका नागरिक लिन भनि पठाएको तर पिसिआर जाँच नभएका यात्रु भएपछि नलैजाने भन्दै गाडी रित्तै फर्किएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *