भारतमा कोरोना भाइरसले ४ हजारभन्दा बढीको मृत्यु

काठमाडौ

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३८ हजार नाघेको छ ।

एकै दिन थप ७ हजार ११३ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ३८ हजार ५३६ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार २४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप १५६ जनाको मृत्यु भएको छ । कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *