बरेङका टोल-टोलमा क्वारेन्टाइन, विदेशबाट आएकाको निगरानीका लागि समिति

डम्मर बुढा मगर, बागलुङ

भारतबाट गाउँपालिका भित्रिनेको संख्या धेरै हुने भएपछि बरेङ गाउँपालिकाले क्वारेन्टान व्यवस्थापनमा जुटेको छ ।

गाउँपालिका भित्रिने सबै नागरिकलाई व्यवस्थापनका निम्ति टोल टोलमा सुरक्षित क्वारेन्टाइन निर्माण लगायतका काम भइरहेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जनाकारी दिनुभयो ।

क्वारेन्टाइन व्यवस्थित नहुँदा कोरोना फैलिन सक्ने भन्दै गाउँपालिकाले यसलाई व्यवस्थित बनाउन लागेको अध्यक्ष शर्माको भनाई छ ।

पालिकाले क्वारेन्टाइन व्यवस्थापनसँगै खानाको समेत व्यवस्थापन गरिरहेको उहाँको भनाई छ ।

‘विदेशबाट आउनेको संख्या अत्याधिक हुने हामीले आँकलन गरेका छौँ र केही सम्पर्कमा आउनुभएको छ,’ अध्यक्ष पौडेलले भन्नुभयो ‘उनीको आगमनलाई मध्यनजर गरी क्वारेन्टाइन व्यवस्थापन लगायत अन्य काममा हामीहरु लागिरहेका छौँ ।’

उहाँले विदेशबाट करिब १५ सय जना गाउँपालिका भित्रिने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले विदेशबाट आएर क्वारेन्टाइनमा सबेकाहरुको निगरानीको लागि समिति बनाएको जानकारी दिनुभयो ।

उहाँले टोल–टोलमा बनेका क्वारेन्टाइनमा बस्ने नागरिकहरुको समस्या बुझ्ने र उनीहरुलाई सही रुपमा व्यवस्थापन गर्नका लागि समिति गठन गरेको भन्दै उक्त समिति मार्फत गाउँपालिकामा रिपोर्टिङ हुने बताउनुभयो ।

समितिले क्वारेन्टाइनमा बसेका नागरिको समस्या बुझ्ने र उनीहरुको रेखदेख समेत गर्ने बताइएको छ । पालिकामा हालसम्म २५ वटाभन्दा वारेन्टाइन निर्माण भएको गाउँपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *