बडिगाडका दुई कोरोना संक्रमितसँगै बसेका ३१ जनाको रिपोर्ट नेगेटिभ

डम्मर बुढा मगर, बागलुङ
बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर २ खर्बाङको त्रिभुवन माध्यमिक विद्यालयमा राखेका ३१ जनामा कोरोना नभएको पुष्टि भएको छ ।

केही दिन अगाडी भारतबाट आएका उनीहरुको स्वाब परीक्षणको लागि शनिबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानमा परीक्षण गर्न पठाइएका सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गरौले जानकारी दिनुभयो ।

गत हप्ता कोराना पोजेटिभ देखिएका २ जनासँग सँगै बसेका उनीहरुको कन्ट्राक टेसिङ गरि उनीहरुको स्वाब परीक्षणको लागि पठाइएको गरौले जानकारी दिनुभयो ।

उनीहरुलाई केही दिनै घर पठाइने बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *