क्वारेन्टिनमै योगाभ्यास

आदर्श अनलाइन, बागलुङ

जिल्लाको बागलुङ नगरपालिकाको क्वारेन्टिनमा बसेका मानिसलाई नियमति योगाभ्यास गराउन थालिएको छ ।

बागलुङ नगरपालिकाको वडा नम्बर १ रामरेखा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएका २२ जनालाई क्वारेन्टिन परिसरमै सामाजिक दूरी कायम राख्दै बिहान ७ बजेदेखि ८ बजे सम्म योगाभ्यास सञ्चालन गरिएको बागलुङ नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

क्वारेन्टिनमा बस्दा मानसिक र शारिरिक रुपमा सन्तुलन कायम गर्नका लागि निःशुल्क रुपमा योग प्रशिक्षण गराउन थालेको प्रशिक्षक विश्व हिन्दु महासंघ साउथ एसिया प्रमुख चन्द्रकान्त पौडेलले जानकारी दिनुभयो । क्वारेन्टिनमा बस्दै आएकालाई हरेक दिन एक घण्टाका दरले योगअभ्यास, आध्यात्मिक, व्यक्तित्व विकास र उत्प्रेरणा गराईने पौडेलले बताउनुभयो ।

“क्वारेन्टिनमा बस्दा मानिसहरु एक्लै हुँने र मानसिक रुपमा समेत विचलन आउन सक्छ” पौडेलले भन्नुभयो “ योगाभ्यासले उनहरुमा सकरात्मक सोच तथा दिनचर्या राम्रो संग विताउन मद्दत पुग्नेछ ।” विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण भारतबाट उद्दार गरी बागलुङ ल्याएर क्वारेन्टिनमा राखिएकालाई निःशुल्क रुपमा योगाभ्यास सिकाउन थालेको नगर स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले जानकारी दिनुभयो ।

कोरोना कहरसँगै बन्दाबन्दी थप हुँदै गएको वर्तमान अवस्थामा उत्पन्न विभिन्न किसिमका मानसिक तनाबबाट अलग रहनसमेत सहयोग पुग्ने विश्वासका साथ योगाभ्यास सञ्चालन गरिएको बताइएको छ । क्वारेन्टिनमा बस्दै आएका मानिसको रोगसँग लड्ने क्षमताको विकास गर्दै उनीहरुको आत्माबल बढाई सकरात्मक सोचको विकास गर्न योगाभ्यासको भूमिका महत्वपूणर् हुने विश्वास लिइएको छ ।

रोजगारीको सिलसिलामा भारतको विभिन्न ठाउँमा रहेका नेपाली स्वदेश फर्कने क्रम बढेपछि बागलुङ नगरको क्वारेन्टिनमा केही निश्चित समयसम्मका लागि राखिएका नगरवासीलाई योगाभ्यास गराउन थालिएको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

अहिले बागलुङ नगरपालिकाको रामरेखा क्वारेन्टिनमा २२, रमेटार स्थित प्राविधिक शिक्षालयको क्वारेन्टिमा १२ जना, अमलाचौर क्वारेन्टिमा ५ र मालिका क्वारेन्टिनमा ३ गरी ४२ जना क्वारेन्टिनमा रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *