वडा अध्यक्षनै जुवा खालमा भेटिएपछि…

म्याग्दी
नेपालमा नोभेल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएको छ । हालसम्म ५० बढी जिल्लामा कारोना संक्रमण फैलिएको छ । म्याग्दी पनी कोरोनाबाट अछुतो रहेन । १५ गते मालिका एक युवामा कारोना पोजेटिभ देखीएको छ । उनको अहिले खुल्ला मञ्च स्थित कोरोना विशेष आइसोलेसन वार्डमा उपचार भइरहेको छ । यो समयमा कारोना रोकथाम तथा नियन्त्रणमा जनप्रतिनिधिको ठूलो भूमिका हुन्छ ।

तर बेनी नगरपालिका –९ का वडा अध्यक्ष बेल बहादुर चोखाल भने दिनभरी जुवा खालमा भेटिएका छन् । गाउँमा जनतालाई कारोनाको सचेतना फैलाउने समयमा जनप्रतिनिधि नै जुवा खालमा भेटीएका हुन् । उनी संगै गाउँमा रहेको अन्य बौद्धिक बर्गका ब्यक्तीहरु पनि उक्त जुवा खालमा भेटीएका छन् ।

‘शनिबारको दिन सिंचाई (खानेपानी)को योजना अनुगमनमा गएको हुँ,’ वडा अध्यक्ष चोखालले भने, ‘अरु खेलिरहेका थिए, साथीहरुले खैलौं भनेपछि एक छिन दलमारा खेलेको हुँ ।’ बेनपा –९ तिनमाने स्थित कृष्णदत्त सुवेदीको घरमा जुवा खेलेका हुन् । यता जिल्ला प्रहरी कार्यालय, म्याग्दीले वडा अध्यक्ष जुवा खेलेको जनाएको छ ।

बेनी नगरपालिका–९ स्थित तिनमानेमा वडा अध्यक्ष साथीहरुसंग जुवा खेलिरहेको सुचना पाएसंगै प्रहरी टोली उक्त स्थानमा पुग्दा वडा अध्यक्ष नभेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक धु्रवप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार वडा अध्यक्ष चोखाललाई सम्पर्कमा ल्याउने तयारी रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *