निसीखोलाका ३८ जनासहित ४९ जनाको रिपोर्ट नेगेटिभ

डम्मर बुढा मगर, बागलुङ ।
बागलुङमा भारतबाट आएका ४९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

निसीखाला गाउँपालिका वडा नम्बर ५ निसी ज्ञानेन्द्र माध्यमिक विद्यालय क्वारेन्टिनका ३६ जना, जनकल्याण मावि र प्रभा मावि क्वारेन्टिनका १/१ जना गरि ३८ जना, बागलुङ नगरपालिका १३ अमलाचौरका ५ जना र जैमिनी नगरपालिकाका ६ जना गरि ४९ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

उनीहरुको स्वाब परीक्षणको लागि आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पठाइएको थियो ।

निसीखोला गाउँपालिकामा भारतबाट आएका ९० जनाको स्वाब संकलन भएकोमा ३८ जनाको नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टोपबहादुर चन्दले जानकारी दिनुभयो ।

बाँकी ५२ जनाको रिपोर्ट आउन बाँकी रहेको उहाँको भनाई छ । उहाँको अनुसार निसीखोलामा भारतबाट आउने क्रम जारी रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *