११ दिनकी सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

कमल पौडेल, बडिगाड
बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १ मा ११ दिने सुत्केरीको हेलिकप्टरबाट उद्धार गरि पोखराको गण्डकी अस्पतालमा पठाइएको छ ।

पोष्ट पार्टम इक्ल्यमसियाको कारण बेहोस भएकी २२ वर्षीय सरस्वती पोखरेललाई घरबाटै उद्धार गरी पोखरा पठाएकोे बडिगाड गाउँपालिकाले जनाएको छ ।

पोखरेल ११ दिन अगाडी स्थानीय वर्थिङ सेन्टरमा सुत्केरी भएकी थिइन् । बच्चाको अवस्था सामान्य रहेको वडा नम्बर १ का अध्यक्ष बोम बहादुर थापाले जानकारी दिनुभयो ।

राष्ट्रपति मातृ सुरक्षा कार्यक्रम अन्तरगत जिल्ला प्रशासन कार्यालय बागलुङ, सामाजिक विकास मन्त्रालय पोखरा तथा गृह मन्त्रालय काठमाडौंसंगको समन्वयमा उद्धार गरिएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिनुभएको छ ।

पहाडी जिल्ला र उपयुक्त स्वास्थ्य सेवाको अभावको कारण जटिल मातृ स्वास्थ्य सम्बन्धि समस्या भएका महिलालाई हेलिकप्टरबाट उद्धार गरि अन्यत्र लैजानुपर्ने बाध्यता ।

पोष्ट पार्टम इक्ल्यमसिया भनेर सुत्केरी महिलाको अप्रत्याशित रुपमा प्रेसर बढने, अत्याधिक काप्ने र बेहोस समेत हुन सक्ने अवस्थालाई बुझिने धौलागिरी अस्पताल बागलुङका स्त्री तथा प्रसुती रोग विषेशज्ञ डाक्टर सौगात कोइरालाले बताउनुभयो ।

यस्तो अवस्थामा सुत्केरी महिलालाई तत्काल सुविधा सम्पन्न स्वास्थ्य स्वास्थामा पु¥याउनु पर्ने उहाँले बताउनुभयो । गर्भवती भएको अवस्थामा वा त्यो भन्दा पहिलेनै उच्च बल्ड प्रेसर भएका, गर्भमा एक भन्दा बढी बच्चा भएका, गर्भवती महिला मधुमेह तथा मृगौलाका रोगी भएमा पनि प्रसुतीको समयमा उच्च सतर्कता अपनाउनुपर्ने उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्