निसीखोलाबाट संक्रमित ल्याउन गाडीको समस्या

गलकोटबाट ल्याउने तयारी

डम्मर बुढा मगर, बागलुङ ।
निसीखोलाका ३ जना कोरोना संक्रमितलाई धौलागिरी अस्पतालमा ल्याउनको लागि गाडी व्यवस्थापनमा समस्या भएको छ ।

गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले पालिकामा एम्बुलन्स नहुँदा तत्काल उनीहरुलाई जिल्ला पठाउन गाह्रो भएको भन्दै गाडी व्यवस्थापनको लागि छलफल भइरहेको बताउनुभयो ।

व्यवस्थापनको लागि जिल्ला प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी गाडी व्यवस्थापन गरेर आजै अस्पातल ल्याइने बताउनुभयो । कोरोना संक्रमित सबै वडा नम्बर ७ का रहेको उहाँको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले कोरोना संक्रमित ल्याउनको लागि गाउँपालिकासँग समन्वय भएको बताउनभयो ।

गाडी व्यवस्थापनको लागि गाउँपालिका प्रमुसँग बुझेर संक्रमितलाई धौलागिरी अस्पताल ल्याइने उहाँको भनाई छ । यसको लागि छलफल भइरहेको उहाँले बताउनुभयो ।

गलकोट नगरपालिकाका ३ जनालाई जिल्ला पठाउने तयारी भइरहेको प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो ।

उहाँले संक्रमित बसेको वडा नम्बर ११ को क्वारेन्टिन तर्फ गाडी लिन गएको बताउनुभयो । उनीहरु केही दिन अगाडी मात्रै भारतबाट आएका थिए ।

भण्डारीले सरकारले भने जसरी तत्कालै स्थानीय तहहरुले आइशोलेसन निर्माण गर्न नसक्ने बताउनुभयो । उहाँले भौतक संरचना र जनशत्ति भएको ठाउँमै संक्रमित राख्नुको विकल्प नभएको बताउनुभयो ।

दुर्गमका स्थानीय तहहरुमा व्यवस्थित क्वारेन्टिन नबनेको अवस्थामा आइशोलेसनको कुरा गर्नु उचित नभएको बताउनुभयो ।

बडिगाड गाउँपालिकाले भने संक्रमित ४ जनालाई धाैलािगरी अस्पताल ल्याइ सिकएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *