निसीखोलाका कोरोना संक्रमित क्वारेन्टीनमै, भोलिमात्र अस्पताल ल्याईने

आदर्श अनलाईन, बागलुङ ।

निसिखोलाका गाउँपालिकाका ३ जना कोरोना संक्रमितलाई भोलि मात्र धौलागिरी अस्पताल ल्याईने भएको छ ।

जिल्लाको निसिखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १ महिला र २ जना पुरुष संक्रमितलाई सवारी साधन नभएको कारण आज क्वारेन्टाइनमै राख्नुपर्ने बाध्यता भएको गाउँपालिका प्रमुख तारानाथ पौडेलले बताउनुभयो ।

हामिसंग एम्बुलेन्स छैन, सवारी साधन छैन उहाँले भन्नुभयो सार्वजनिक सवारी साधन संक्रमित बोक्न मान्दैनन् विहानैदेखि दौडधुप गरिएपनि आज कुनै व्यवस्था गर्न सकिएन ।

गाउँपालिकाले नरसिंहकोटको भवनमा निर्माण गरेको क्वारेन्टाइनमा रहेका उनिहरुलाई संक्रमण पुष्टी भएको जानकारी आउदासाथ संगै बस्दै आएका अन्य व्यक्तिहरु भन्दा छुट्टै राखिएको उहाँले बताउनुभयो । विहानैबाट उहाँहरुलाई छुट्टै बस्न लगाईएको छ, पौडेलले भन्नुभयो क्वारेन्टीनमा संगै रहेकाहरु भयवित नहुन भनेरसम्झाई बुझाई गरेको छु ।

निसिखोला गाउँपालिकाको विभिन्न क्वारेन्टाइनमा ४ सय ५० जना भारतबाट आएका नागरिक हुनुहुन्छ । पहिलो चरणमा ६४ जनाको परिक्षण गर्दा ३ जनामा संक्रमण पुष्टी भएको छ । दोस्रो चरणमा परिक्षण गरिएका ६० जनाको रिपोर्ट आउनै बाँकी छ । ३२६ जनाको परिक्षण गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *