बिचौलियाको अन्त्य गर्न बागलुङमा कृषि हाट बजार

आदर्श अनलाइन , बागलुङ

कृषि उपज उत्पादन गर्ने किसान सधै मारमा पर्ने र विचौलियाले महङ्गोमा उपभोक्तालाई तरकारी बेच्ने परिपाटीले आजित भएका बागलुङका किसानलाई केही राहत मिल्ने भएको छ ।

बागलुङ नगरपालिकाले बिचौलियाको अन्त्य गर्दै बागलुङ बागलुङ बजारमा पहिलो पटक कृषि हाट बजार सञ्चालनमा ल्याएको छ ।

स्थानीय कृषि उत्पादनलाई बजारीकरण गर्ने र उपभोक्तलाई सुपथ मुल्यमा कृषि जन्य बस्तु उपलव्ध गराउने उद्देश्यका साथ कृषि हाट बजार मंगलबारदेखि सञ्चालनमा ल्याइएको हो । हाट बजारको मंगलबार तरकारी किनेर बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले शुभारम्भ गर्नुभएको हो ।

विषादी युक्त कृषि उपजहरु महङ्गो मुल्यमा खरिद गर्नुपर्ने आम उपभोक्ताहरुको वाध्यतालाई मध्यनजर गर्दै कृषि हाट बजार सिञ्चालनमा ल्याईको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । अर्गानिक कृषि उपजहरु सोझौ किसानको खेत बारीबाट हाट बजारमा ल्याएर बिक्रि गर्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । नगरले कृषि हाट बजार निर्माण उपझोक्ता समिति गठन गरेर हाटबजार सञ्चालनमा ल्याएको हो । कृषि हाट बजार सञ्चालनमा आउदा कृषि उपजमा विचौलियाहरुको अन्त्य हुने नगरपालिका प्रमुख पौडेलले बताउनुभयो । “किसानको मुल्य नपर्ने, उपभोक्ता ठगिने परिपाटी छ” नगर प्रमुख पौडेलले भन्नुभयो “हाट बजारले बिचौलियाको अन्त्य गरी किसान र उपभोक्तालाई जोड्ने काम गर्नेछ ।”

कृषि हाट बजार निर्माणका लागि जिल्ला कृषि सहकारी संघले समेत संयोजन गरिरहेको छ । हाल दुई हजार बर्गफिटमा १० स्टल रहने बागलुङ नगरपालिका-३ गुठीमा पाँच वर्षका लागि जग्गा भाडामा लिएर हाट बजार सञ्चालनमा ल्याएको बागलुङ नगरपालिकाका कृषि शाखा प्रमुख सरस्वती शर्माले जानकारी दिनुभयो । हाट बजार निर्माणका लागि नगरपालिकाले पहिलो चरणमा रु. ५ लाख खर्च गरिसकेको छ भने अहिले शौचालय तथा खानेपानीको व्यवस्थापनका लागि रु. ३ लाख बजेट विनियोजन गरी सकेको छ ।

कृषकहरुले उत्पादन गरेको अर्गानिक कृषि उपजहरुको सहज रुपमा उपझोक्ता माझ पुर्‍याउनका लागि जिल्लामै पहिलो पटक कृषि हाट बजार सञ्चालनमा ल्याइएको जिल्ला कृषि सहकारी संघ बागलुङका अध्यक्ष तथा कृषि हाट बजार निर्माण समितिका सल्लाहकार नर बहादुर थापाले जानकारी दिनुभयो ।

हाट बजारमा विषादी रहित अर्गानिक तरकारी तथा मल, वीउ, कृषि औषधी तथा औजार लगाएत कृषि उत्पादन सम्वन्धि सामानहरु उपभोक्ताले सुपथ मुल्यमा खरिद गर्न सकिनेछ । शुभारम्भकै दिन बागलुङ बजार आसपासमा कृषि उत्पादन गरी बजार डुलाएर बेच्ने दर्जन बढी किसानहरुले हाट बजार मार्फत तरकारी बेचेका छन् । नगरपालिकाको व्यवस्थापनमा संचालन हुने कृषि हाट बजारलाई दिर्घकालिन रुपमा सञ्चालन गर्नका लागि नियमावलीनै निर्माण गरेर अगाडि बडाईने बागलुङ नगरपालिकाले जनाएको छ । हाट बजार हप्ताको दुई दिन मंगलबार र शनिबार सञ्चालनमा आउनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *