किसानले दिए क्वारेन्टिनमा बसेका नागरिकलाई तरकारी

साधना पन्त, बागलुङ
ओडारचौरका कृषकहरुले क्वारेन्टिनमा बसेका नागकिहरुलाई ताजा तरकारी सहयोग गरेका छन् ।

बागलुङ नगरपालिका वडा नम्बर ४ ओडारचौर कृषक असिम कुमार गर्वुजा, रेशम के.सी, मिलन विक र टेक बहादुर विकले नगरपालिकाले निमार्ण गरेको धौलागिरी प्रवाबिधिक शिक्षा प्रष्ठिान र रामरेखा आधारभूत विद्यालयमा रहेका नागरिकहरुका लागि तरकारी सहयोग गरेका हुन् ।

विगत ३ वर्षदेखि वडारचौरमा तरकारी खोती गदै आएका असिम गर्वुजाले क्वारेन्टिनमा बसेकाहरुलाई लगातार १५ दिनसम्मा ताजा तरकारी खुवाउने उद्देश्यले अन्य कृषकहरुसंग सहकार्य गरेर तरकारी सहयोग गरेको बताउनुभयो ।

उहाँले क्वारेन्टिईनमा बसेकाहरुका लागि ताजा तरकारी स्वाथ्यका लागि फाइदाजनक हुने भएको हुँदा नगरापालिकालाई पनि केही राहात पु¥याउने उद्देश्यले सहयोग गरेको गर्वुजाको भनाई छ ।
क्वारेन्टिको व्यवस्थापनको जिम्मा लिएका बानपा १ का वडा सदस्य सूर्य लामीछानेले सधै बजारबाट तरकारी किनेर ल्याउने गरेको भन्दै अब भने १५ दिनका लागि ताजा तरकारी गाउँबाटै आउने बताउनुभयो ।

१५ दिनको लागि तरकारी एकै पटक ल्याउँदा कुहिने समस्या भएकाले दैनिक बारीमै गाएर ल्याउने उहाँको भनाई छ ।

अहिले रामरेखा र धौलागिरी प्रवाबिधिक शिक्षा प्रतिष्ठानको क्वारेनटाईनमा बाहिरबाट आएका ३८ जनालाई दैनिक रुपमा खाना पकाएर खुवाइरहेको लामिछानेले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *