क्वारेन्टिन ल्याउदै गर्दा भिरबाट फरालेका बागलुङका युवाको मृत्यु

आदर्श अनलाईन, बागलुङ ।
क्वारेन्टिन ल्याउदै गर्दा पवर्तको कुश्मा नगरपालिका ८ चुवाको भिरबाट हाम फालेका बागलुङ नगरपालिका १३ का ३९ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको छ ।

भारतबाट र्फकिएका बागलुङ, पर्वत र म्याग्दीका नागरिकलाई लु २ ख ४२२० नम्बरको बसमा सम्बन्धीत स्थानिय तहको क्वारेन्टिनमा राख्नको लागि सोमबार विहान ल्याईदै थियो ।

भारतको सुनौलीबाट उद्दार गरी ल्याईएका नेपाली बस रोकेको अवस्थामा भिरबाट हाम फालेर गम्भिर घाइते हुनुभएको थियो ।

उपचारको लागि पोखरा लैजादै गर्दा उहाँको बाटोमै मृत्यु भएपनि गण्डकी अस्पताल पोखरामा पु¥याएपछि मृत घोषणा गरिएको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

क्वारेन्टिन ल्याउदै गर्दा भिरबाट फरालेका बागलुङका युवाको मृत्यु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *