ताराखोलाका कोराना संक्रमितलाई बागलुङ ल्याइयो

डम्मर बुढा मगर, बागलुङ
मंगलबार कोरोना संक्रमण पुष्टि भएका ताराखोला गाउँपालिकाका कोरोना संक्रमितलाई धौलागिरी बुहुमुखी क्याम्सपमा निर्माण गरिएको प्रि–आइशोलेसनमा ल्याइएको छ ।

१६ दिन अगाडी भारतबाट आई ताराखोला गाउँपालिका वडा नम्बर ५ को दुर्गा भवानी माध्यमिक क्वारेन्टिनमा बसकेका उनलाई गलकोटमा निर्माण गर्न थालिएको प्रि–आइशोलेसन तयारी नभएको हुँदा सदरमुकाम ल्याउनु परेको गाउँपालिकाका स्वास्थ्य शाखा सह–संयोजक दिपक खड्काले जानकारी दिनुभयो ।

संक्रमित ३४ वर्षीय पुरुष हुन् । उनको १४ दिन भित्र एक पटक पीसीआर परीक्षण गर्ने र रिपोर्ट नेगेटिभ आयो भने डिस्चार्ज गरिने सह–संयोजक खड्काले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *