क्याम्पसको पर्खाल भत्काइएको प्रति प्रध्यापक संघको आपत्ति

आदर्श अनलाइन, बागलुङ
धौलागिरि बहुमुखी क्याम्पसको जग्गा मिचिएकोप्रति प्रध्यापक संघ इकाइ समिति धौलागिरी बहुमुखी क्याम्पसले आपत्ति जनाएको छ ।

संघले प्रेस विज्ञप्ती जारी गर्दै धौलागिरि क्षेत्रको धरोहरको रुपमा रहेको क्याम्पसको पर्खाल औपचारीक सहमति बिनानै भत्काएर संरचना निर्माण गर्न थालेको प्रति आपत्ति जनाएको हो ।

‘क्याम्पसको व्यवस्थित र सुरक्षालाई मध्यनजर गरि उत्तर पश्चिम खण्डमा प्रचलित मापदण्ड कायम गरि पर्खाल निर्माण गरिएकोमा सडक बिस्तार गर्ने क्रममा समेत सडकको मापदण्डभन्दा बढी नै जग्गा छोडेर भविष्यमा अन्य भौतिक संरचना निर्माण गर्दा मौजुदा संरचनामा कुनै पनि असर नपर्ने गरि आफ्नो कम्पाउनण्डवाल निर्माण भएकोमा हालै बागलुङ नगरपालिकाबा क्याम्पसलाई औपचारिक जानकारी नै नगराई बिना सहमति मौजुदा पर्खाल भत्काई एक तर्फी रुपमा नाली निर्माणको कामलाई अगाडी बढाएकोमा हाम्रो असहमति रहेको छ,’ संघका सभापति विजयराज पन्तद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

‘प्रध्यापक संघ विकासको विरोधी नभई विकासको पक्षमा वकालत गर्ने संस्था हो । तर विकासको नाममा प्रचलित कानुन र न्यायको खिलाफमा जाने कुनै पनि संघ संस्था र निकायका कार्यप्रति असहमत राख्द छ ।’ विज्ञप्तीमा लेखिएको छ ।

संघले क्याम्पसको जग्गा पुरानो मापदण्डको केन्द्र बिन्दुलाई आधार मानी दुबै तर्फ बराबर जग्गा छोडी नयाँ मापदण्ड तोक्ने र एकपक्षीय रुपमा मात्र क्याम्पसलाई क्षति हुने गरि कुनै पनि संरचना निर्माण नगर्न र गर्न नदिन माग गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *