म्याग्दीका सिडियोलाई मुक्तिनाथमा निषेध !

जोमसोममा राखिएको सिडियो सहितको सवारी । तस्बिरः सुशिल थकाली

आदर्श अनलाइन, मुस्ताङ

मुक्तिनाथ दर्शन गर्ने उद्देश्यले मुस्ताङ पुगेका म्याग्दीका सिडिओ ज्ञानराज ढकालसहित २१ जनाको टोलीलाई बारागुङ मुक्तिक्षत्र-२ झोङका स्थानीयले बीच सडकबाटै फर्काइदिएका छन् ।

विश्व व्यापी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरसल (कोभिड-१९) ले सिर्जित जारी लक डाउन समयमा जिल्ला बाहिरबाट मुस्ताङ पवबेश गरेको भन्दै उनीहरुले सिडिओ ढकालसहितको जम्बो टोलीलाई मुक्तिनाथ जान रोक लगाएको स्थानीयले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङसँग समन्वय नगरी सरकारले लगाएको लक डाउन उल्लंघन गर्दै स-परिवार सहित म्याग्दीदेखि मुक्तिनाथ दर्शन गर्न शनिबार मुस्ताङ सदरमुकाम जोमसोम पुगेका म्याग्दी सिडिओ ढकाल एकरात जोमसोम बसेका थिए ।

मुक्तिनाथ दर्शन गर्न परिवारसहित मुस्ताङ जानेमा म्याग्दीका सशस्त्र प्रहरी नायब उपरिक्षक प्रकाशकुमार माझी र कोष तथा लेखा नियन्त्रण कार्यालय म्याग्दीका कार्यालय प्रमुख चन्द्रशेखर सापकोटा लगायतको परिवार छन् ।

कोरोना कहरका कारण मुस्ताङ जिल्लामा लक डाउन कडाई भइरहेको अवस्था र त्यहाँका अधिकांश गाउँहरुले स्वतः स्वस्फुर्त रुपमा एक आपसका गाउँहरु बन्दबन्दी एकान्तबासको नियम लागु गरेको अवस्थामा सरकारी गाडी दुरुपयोग गरी म्याग्दीका सुरक्षा अधिकारीको जम्म्बो टोली मुक्तिनाथ हिडेको सुइँको पाएपछि स्थानीयले २ वटा सरकारी गाडी र एक निजी गाडीलाई झोङबाट माथि उक्लन रोक लगाएका थिए । ।

पैदल नै हिँडेर मुक्तिनाथ दर्शन गर्न जान दिनुहोस् भनी सिडिओ ढकालको टोलीले स्थानीयबासीलाई आग्रह गरे माथि जान नदिएर र्फकाईदिएका छन् । ।

म्याग्दी र मुस्ताङको सीम क्षेत्र घासामा २ साताअघि जिल्ला बाहिरबाट आएका केही कामदारको आरडिटी पोजेटिभ देखिएपछि मुस्ताङमा लकडाउन कडाइ भएको थियो । सो समय मुक्तिनाथको रिपोटिङ गर्न मुस्ताङ पुगेका पोखराका २ पत्रकारलाई मुक्तिनाथका स्थानीयले गाउबाटै फिर्ता पठाएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *