ढोरपाटनमा तीन दिन अघि कोरोना पुष्टि भएका अझै क्वारेन्टिनमै

छबिलाल पाण्डे, बुर्तिबाङ

ढोरपाटन नगरपालिकामा हालसम्म कोरोना संक्रमितको संख्या २२ पुगेको छ । लामो समयदेखि रोकिएको पिसीआर रिर्पोट आउन थालेसँगै संक्रमितको संख्या वृद्धि भएको हो ।

आजमात्रै ढोरपाटन नगरपालिका वडा नम्बर ३ मा ३ जना, वडा नम्बर ५ मा १ जना र वडा नम्बर ८ मा १ गरी संक्रमितको संख्या ५ पुगेको छ ।

त्यस्तै आइतबार र सोमबार गरी ९ जना संक्रमित फेला परेका हुन् । उनीहरु मध्ये ढोरपाटन नगरपालिका ८ मा संक्रमण पुष्टि भएका १ जना गर्भवती सहित चारजनालाई धवलागिरी अञ्चल अस्पत्तालको आइसोलेशनमा पठाइएको छ । तर आइतबार साँझ कोरोना पुष्टि भएका ५ जनालाई हालसम्म आइसोलेशनमा ल्याउन सकिएको छैन । उनीहरु ढोरपाटन नगरपालिका २ र वडा नम्बर ५ का रहेका छन् । संक्रमितलाई हालसम्म क्वारेन्टाईनमा राख्दै आएको अवस्था छ ।

त्यसैगरी आज संक्रमण पुष्टि भएका ५ जना समेत क्वारेन्टाईनमै रहेका छन् । चार वटा पालिका मिलेर बनाइएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको आइसोशेलनमा हाल १८ जना संक्रमित बस्दै आएका छन् । उनीहरु बस्दै आएको हलमा वेड खाली भए पनि पछिल्लो समय थपिएका संक्रमितलाई एकै स्थानमा नराख्ने निर्णय भएका कारण उत्तर गंगा माविमा आइसोलेशन बनाएर राख्ने तयारी रहेको बताइएको छ ।

निसीभुजी जनता क्याम्पसमा थप २५ सैयाको आइसोलेशन बनाउने तयारी गरिए पनि स्थानीयले विरोध जाएपछि उत्तरगंगा माविमा आइसोलेन कक्ष बनाउने तयारी भइरहेको बुर्तिबाङ प्राथमिक स्वास्थय केन्द्रका प्रमुख डा. मिलन मल्लले बताउनुभयो ।

हालसम्म ५ शैयाको वेड तयार भइसके पनि संक्रमितको संख्या थपिएका कारण सबै वेड तयार पारेर भोली मात्रै आइसोलेशनमा ल्याउने तयारी भएको उहाँ बताउनुभयो । संक्रमित भएका व्यक्तिलाई क्वारेन्टाईनमा अलग्गै कोठामा राख्ने व्यवस्था गरीएको डा. मल्लको भनाई छ । पछिल्लो समय संक्रमितलाई समयमै आइसोलेशनमा ल्याई पुर्याउन नसक्दा व्यवस्थापन कमजोरी भइरहेको स्थानीयले बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *