गलकोट नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक : स्वास्थ्य, शिक्षा र कृषिमा प्राथमिकता

डम्मर बुढा मगर, गलकोट
गलकोट नगरपालिकाले अर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नगर प्रमुख भरत शर्मा गैरेले सातौँ नगर सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गत वर्षकोभन्दा केही फकर कार्यक्रम भएको पाइएको छ ।

नगरपालिकाले यस वर्षको नीति तथा कार्यक्रममा कोभिड १९ का कारण स्वदेश फर्किएका नागरिहरुलाई लक्षित गरि रोजगारमुलक कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

युवहरुलाई कृषिमा आत्मनिर्भर बनाउनका निम्ति साहमुहिक सहकारीमा आधारित कृषि, व्यवसाय र सामुहिक कृषि फर्म संचानको लागि अनुदान उपलब्ध गराउने भएको छ ।

स्वदेशमै स्वरोजगार बनाउनका लागि युवा उत्पादनसँग जोड्नका लागि विभिन्न अभिमुखिकरण तथा सुलव कृषि सामग्री उपलब्ध गराउने भएको छ ।

नगरपालिकाले कृषि क्षेत्रलाई बढवा दिनको लागि पालिका भित्रका कृषि योग्य जमिनको पहिचान गरि एक गाउँ, एकबालीको रुपमा नमुना व्यवसायीक खेतीलाई प्राथमिता दिएको छ ।

नगरपालिकाले गलकोटमा रहेको गलकोट प्राथमिक स्वास्थ्य केन्द्रको स्तर वृद्धि गरि २५ शैयाको नगर स्तरीय अस्पताल बनाउने भएको छ । नागरपालिकाका सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने भएको छ ।

त्यसैगरि नगरपालिकाले ८० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई घरमै पुगेर स्वास्थ्य उपचार गर्ने व्यवस्था गरेको छ । स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरुको सेवा सुविधा बढाउने नीति ल्याएको छ ।

नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्नका निम्ति २०७८ सालमा गलकोट भ्रमण वर्ष मनाउने भएको छ । नगरको पर्यटन सम्बन्धी गुरुयोजना बनाउने भएको छ ।

नगरपालिकाले शिक्षा, खानेपानी, यातायात, विद्युत लगायत विकासका पूर्वाधारलाई उत्तिकै प्राथमिकताका साथ राखेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *