छोरीलाई मर्न बाध्य बनाएको भन्दै ज्वाई र सम्धी सम्धीनी विरुद्ध प्रहरीमा उजुरी

सिर्जना पन्त, बागलुङ ।
असर ५ गते मृत फेला परेकी पर्वतको कुश्मा नगरपालिका–१३ थुम्काकी २० वर्षीया आशा कुँवरकी आमाले ज्वाई र सम्धी सम्धीनि विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्वतमा आत्महत्या दुरुत्साहनको मुद्धा दिनुभएको छ ।

आफ्नी छोरीलाई शारिरीक र मानसिक यातना दिएर झुण्डि मर्न बाध्य बनाएको भन्दै बागलुङको काठेखोला गाउँपालिका–७ की गिता कुँवरले ज्वाई २७ वर्षीय प्रताप कुँवर, सम्धी ५२ वर्षीय टेकबहादुर कुँवर र सम्धीनी ४८ वर्षीया दुर्गाकुमारी कुँवर विरुद्ध बिहीबार जिल्ला प्रहरी कार्यालय पर्वतमा आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता गराउनुभएको हो ।

अहिले सम्म बच्चा जन्माउन नसकेको, विवाहमा छोरालाई सानो सुनको सिक्री दिएको, कालो र नराम्रो अनुहार भएको, आफ्नो छोराले भन्दा थोरै पढेको र पढाईमा समेत कमजोर भएको भन्दै आशालाई पटक–पटक परिवारले शारिरीक र मानसिक यातना दिदै आएको उजुरीमा उल्लेख गरिएको छ । परिवारले नराम्रो व्यवाहार गरे पनि ज्वाईलाई भनेपछि समस्या समाधान होला भनेर आफुले छोरीलाई सम्झाई बुझाई घरमै बस्न भनेको भएपनि पछिल्लो समय नेपाली सेनामा कार्यरत ज्वाई प्रतापले समेत छोरीलाई यातना दिन थालेको मृतककी आमा गिताले बताउनुभयो ।

‘छोरीको घर विग्रन्छ भनेर सहेर पनि घरमै बस्नुपर्छ भनेर सम्झाए, गिताले भन्नुभयो छोरी रहेमात्र छोरीको घर हुन्छ भन्ने समयमा नबुझदा आज कोख रित्तो भयो ।’ सम्धीले मेरा छिमेकीलाई छोरी झुण्डीएको भनेर फोन गरेपछि मैले थाहा पाएकी हुँ उहाँले भन्नुभयो यहाँबाट मेरा आफ्न्त घटनास्थल पुग्दा छोरी भुइमा लडेको र टाउकोमा चोट लागेको अवस्थामा मृत फेला परेकी रहेछिन् । उहाँले भन्नुभयो घटनाको सत्य तथ्य छानविन गरि अपराधीलाई कडा कारबाही गर्नुपर्छ । उहाँले आफुलाई जानकारी समेत नदिई छोरीका परिवारले हतार हतारमा सतगत गरेको आरोप लगाउनुभएको छ ।

घटनास्थलमा छोरीले लेखेको सुसाइट नोट पनि भेटिएको थियो रे, गिताले भन्नुभयो मेरी छोरीलाई मर्न बाध्य बनाउनेलाई तुरुन्तै पक्रेर कारबाही गर्नुपर्छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी विश्वराज अधिकारीले मृतकका श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताउनुभयो । ‘१ जना आरोपितलाई नियन्त्रणमा लिएका छौ, उहाँले भन्नुभयो प्रक्रिया पुराएर उजुरी आउन ढिला भएपनि घटना घटेको सूचना आए पछि र माइती पक्षले मौखिक रुपमा जानकारी गराएकै दिनबाट अनुसन्धान गर्न सुरु गरिएको छ ।’ अन्य आरोपितलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिने उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

2 thoughts on “छोरीलाई मर्न बाध्य बनाएको भन्दै ज्वाई र सम्धी सम्धीनी विरुद्ध प्रहरीमा उजुरी

  1. ….All the alleged statement made by ASHA’S family is absolutely ridiculous and uncharacteristic thoughts. As per sources and my points of view, there must be third party involved in unpleasant case that occurred.

  2. Moral education pathyakramma bhayena,sadhai bihan bihan77 jilla kai 20 wata high school ma 20 /20jana matra le pani yog garna thalne ho bhane pani desh ma thulo sakarstmak soch aaune thiyo.yeti bhaneko pani 30800manis hunchhan. Ti sabai school ma bihan 5 dekhi 9 bajeko samay rakhne ho bhane 4 gunale 123200 jana hunchhan 123000 bihan bhaye jasto beluka pani hun sakchhan.246 000jana ko 4 92 000 kam garne hat din dinai tayar bhayo bhane yasta ghatn nyoon garna sakinchhs. Kharcha kehi lagdaina, army police wa school ka sikshak le volunteer bhayer kam garna raji hunchhan vyavasta matra milaunu pardachha.

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *