निसीखोला गाउँपालिका-६ का अध्यक्ष लागुऔषध सहित पक्राउ

आदर्श अनलाइन, बागलुङ

जिल्लाको निसीखोला गाउँपालिकाका एक वडा अध्यक्र्ष गाँजा बनाउने कच्चा पदार्थ सहित पक्राउ परेका छन् ।

निसीखोला गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सूर्यबहादुर घर्तीलाई बिशेष सूचनाका आधारमा पक्राउ गरिएको हो ।

अध्यक्ष घर्तिलाई बिहिबार राति इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीको टोलीले पक्राउ गरेको हो । उनलाई जिल्ला ल्याउने तयारी भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता राजेन्द्र रेग्मीले आदर्श अनलाइनलाई जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *