तपाईलाई बाँदरले सतायो ? महाविरलाई कल गर्नुस्

डम्मर बुढा मगर, बागलुङ
राष्ट्रिय आविष्कार केन्द्रले बाँदर धपाउन प्रयोग हुने उकरण परीक्षण गरेर उत्पादन गर्न थालेको छ ।

केही समय अगाडी स्याङ््जाका युवा भविश्वर कोइरालाले उपकरण निर्माण गरेर प्रयोगमा ल्याएका थिए । उनकै मद्दतमा राष्ट्रिय आविश्कार केन्द्रले उत्पादनलाई तीव्रता लिएको राष्ट्रिय आविष्कार केन्द्रका महाविर पुनले आफ्नो फेसबुकबाट जानकारी दिएका छन् ।

उनले आफ्नो फेसबुकमा लेखेका छन् ‘त्यसको लागी राष्ट्रिय आविष्कार केन्द्रमा एक वर्षदेखि विभिन्न उपायहरुको अनुसन्धान र परीक्षण भई रहेको थियो । तर हामीलेभन्दा छिटो र हामीले गर्न खोजेकोभन्दा एकदम सरल उपाय स्याङ्जा निबासी भाई भविश्वर कोइरालाले निकालेर परीक्षण र वितरण समेत गरेका रहेछन । भाई भविश्वर कोइरालाले यस्तो उपकरणको माग ज्यादै धेरै आउन थालेको र राष्ट्रिय आविष्कार केन्द्रले पनि सो उपकरण बनाएर वितरण गर्न मदत गर्नु पर्यो भनेर मलाई फोनमा भनेको हुनाले आविष्कार केन्द्रमा भाई कै सल्लाह सुझाब अनुसार सो उपकरण को परीक्षण गरेर उत्पादन भैरहेको छ । ’

यो उपकरण प्रयोग गर्न चाहने पीडित किसानहरुले आफ्नो वडा कार्यालयको वा गाऊँ वा नगरपालिकाको सिफारिस लिएर ९८४१५९२३६१ मा सम्पर्क गरेर प्राप्त गर्न सक्ने बताएका छन् ।

पुनले त्यसको मुल्य रु.२ हजार ५ सय पर्ने र उपकरण लिनका लागि आविष्कार केन्द्रमा गएर त्यसको कसरी प्रयोग गर्ने भन्ने कुराको सामान्य तालिम र जानकारी लिनु पर्ने बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *