जैमिनीका किसानको हट्दै बाँदरको चिन्ता

साधना पन्त, बागलुङ

बाँदरका कारण वर्षौ देखि चिन्तित रहेका बागलुङ जिल्लाको जैमिनी नगरपालिकाका किसानहरुलाई राहत मिलेको छ ।

वर्ष दिन खाने अन्नपात बाँदरले क्षणभरमै नष्ट गर्ने भएपछि बाँदर हेरेरै दिन फाल्ने किसानहरु अहिले ढुक्क भएर घरमै बस्न थालेका छन् । अहिले किसानलाई बाँदर आतंकको चिन्ताले सताउन छोडेको छ ।

जैमिनी नगरपालिकाले नेपालमा हालै विकास भएको बाँदर धपाउने यन्त्र वितरण गर्न थालेपछि किसान खुसी भएका छन् । बाँदर नियन्त्रणका लागि किसानको तिव्र गुनासो र माग पछि नगरपालिकाले बाँदर धपाउने यन्त्र खरिद गरेर किसानहरुलाई वितरण गरिसकेको जैमिनी नगरपालिकाले जनाएको छ । बाँदरको आतंकबाट पीडित बनेका जैमिनी नगरपालिका–१, ४ र ५ वडाका किसानलाई एक÷एक थान बाँदर धपाउने यन्त्र वितरण गरेको जैमिनी नगरपालिकाका उप–प्रमुख लिला रानाले जानकारी दिनुभयो । ‘किसानले वर्षौदेखि गर्दै आएको गुनासो पछि हामीले बाँदर धपाउने नयाँ विकल्प आत्ससाथ गरेका छौ,’ रानाले भन्नुभयो, ‘परीक्षण सफल भएको भन्ने जानकारी आएको छ, यो सफल र प्रभावकारी भए पछि नगरका सबै वडामा बाँदर धपाउने यन्त्र वितरण गरिनेछ ।’

बारिमा मकै खान आएका बाँदर धपाउदै मेघराज ढकाल

बाँदर धपाउने औजार आएपछि किसानलाई धेरै राहतको महुशुस भएको बाँदर जैमिनी नगरपालिका–४ का कृषक मेघराज ढकालले बताउनुभयो । बाँदर नियन्त्रणका लागि जैमिनी नगरपालिकाले चालु आर्थिक वर्षमा पाँच लाख बजेट विनियोजन गरेको थियो ।

बाँदरले बाली नष्ट गर्न थालेपछि दिनभर खेतबारीमा बाली कुरेर बस्नुपर्ने समस्या आए पछि किसानले जैमिनी नगरपालिकालाई पटक पटक बाँदर नियन्त्रणका लागि सहयोग गर्न आग्रह गर्दै आएका थिए । दुःख गरेर लगाएको धान, मकै, गहुँ, जौ र फापर जस्ता बाली बाँदरले नष्ट गरेको भन्दै स्थानीयको तिव्र गुनासो पछि नगरपालिकाले बाँदर नियन्त्रणका विकल्पको खोजी शुरु गरेको थियो ।

यही असार ९ गते केहि वडाका किसनालाई बाँदर धपाउने यन्त्र वितरण गरिएको र अन्य वडाका किसानलाई समेत बाँदर धपाउने यन्त्र खरिद गर्न अनुमती दिएको नगर प्रमुख इन्द्रराज पौडेलले जानकारी दिनुभयो । पहिलो चरणमा नगरपालिकाले पाँच थान बाँदर धपाउने यन्त्र ल्याएर बितरण थालेको र किसानलाई सहज भएमा प्रत्येक वडामा १०÷१० थानका दरले वितरण गर्ने नगरपालिकाको योजना छ । स्याङ्जाको भिरकोट नगरपालिका ७ का भविश्वर कोइरालाले लकडाउन अवधि भित्रै बाँदर धपाउने यन्त्र बनाएर सफल परीक्षण पछि बिक्री बितरण भइरहेको छ । उहाँको आविष्कारले यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ ।

उहाँले बनाएको उपकरण दुई हजारदेखि तीन हजार पाँच सय रुपैयाँ सम्ममा किन्न पाइन्छ । ठूलो आवाज निस्कने उक्त यन्त्रमा यूपीभीसी पाइप र कार्बाइडको प्रयोगबाट बनाइएको यन्त्र एक पटक पड्काए पछि बाँदरनै सो क्षेत्रबाट बसाइँ सर्ने आविस्कार कर्ताको दाबी रहेको छ ।

कार्बाइडमा पानी घोलेर यन्त्रमा हालेर पुच्छरमा आगो लगाएपछि ठूलो आवाजमा पड्किन्छ । त्यसको आवाज सुनेपछि बाँदर भाग्ने गरेका छन् । तर यसबाट कुनै बारुद, छर्रा वा गोली ननिस्किने भएकाले कुनै हानी नगर्ने कोइरालाको बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *