काठेखोला गाउँपालिका सिल

डम्मर बुढा मगर, बागलुङ ।
समुदायस्तरमा कोरोना सक्रमण पुष्टि भएपछि जिल्लाको काठेखोला गाउँपालिकामा आगमी २० गतेसम्म सिल गरिने भएको छ छ ।

गाउँपालिकाले बिहुँ स्थित अमर माविमा निर्माण गरेको क्वारेन्टिइनमा रहेका नागरिकहरुलई खाना खुवाउने २ जना र एक जना सुरक्षकर्मीलाई कोरोना पुष्टि भएपछि सिल गर्न लागिएको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो ।

३ जनामा संक्रमण पुष्टि भए लगत्तै कार्यपालिकाको आकस्मिक बैठक बसीे एक हप्ताको लागि सिल गर्ने निर्णय गरेको अध्यक्ष थापाको भनाई छ । आइतबार राति १२ बजेदेखि असार २० गते राति १२ बजेसम्म सिल गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

यस अवधीमा दुध, एम्बुलेन्स र विकास निर्माणका लागि प्रयोग भएका साधान बाहेक सबै सवारी संचालनमा रोक लगाइने अध्यक्ष थापाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *