मदन जयन्तीमा काठेखोलामा वृक्षारोपण

रोहन जि.सी,बागलुङ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठेखोला गाउँपालिका कमिटिको आयोजनामा तत्कालिन नेकपा एमालेका महासचिव स्व.मदनकुमार भण्डारीको जन्म जयन्ती तथा वृक्षारोपण कार्यक्रम आइतवार बिहुमा सम्पन्न भएको छ ।

तत्कालिन नेकपा एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादको प्रतिपादन मदन भण्डारीले गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै नेकपा बागलुङका अध्यक्ष तथा प्रदेशसभाका सदस्य इन्द्रलाल सापकोटाले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद समाज रुपान्तरणका मार्गदर्शक सिद्धान्त भएको बताउनुभयो । नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक विधिबाट अगाडि बढाउनका लागि स्वर्गीय मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्तकै कारण नेपालमा कम्युनिष्ट पार्टी प्रतिको लोकप्रियता बढेको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेकपा गण्डकी प्रदेश कमिटिका सदस्य हिराबहादुर केसीले नेपालको आर्थिक सामाजिक रुपान्तरणका लागि मदन भण्डारीले अगाडि सारेको विचार समय सान्र्दभिक रहेको बताउनुभयो ।

कार्यक्रम नेकपा काठेखोला गाउँपालिका कमिटिका अध्यक्ष डिलबहादुर कार्कीको अध्यक्षता, सचिव कृष्ण थापाको सञ्चालन र नेकपा काठेखोला गाउँपालिका वडा नं.६ का अध्यक्ष थानेश्वर कंढडेलको स्वागतमा सम्पन्न भएको थियो ।

मदन भण्डारीको सम्झनामा काठेखोला गाउँपालिका वडा नं. ६ बयलडाडा निवासी भीमलाल कंडेल बारीमा सुन्तलाका विरुवा वृक्षारोपण गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *