बागलुङमा थप १४ जनामा कोरोना संक्रमण

बागलुङमा थप १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले सोमबार साँझ जारी गरेको अध्यावधिक विवरण अनुसार गलकोट नगरपालिकामा १० र बागलुङ नगरपालिकामा ४ गरी थप १४ जनामा कोरोना पुष्टी भएको गण्डकी प्रदेश कोरोना रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार बागलुङ नगरपालिकाको २१, ३५,३१ र ३९ वर्षका पुरुष र गलकोट नगरपालिकाका २७, २३, २०, २८, ४५, २३, ५२, २६ र २७ वर्षका पुरुष र २८ वर्षकी एक महिलामा कोरोना पुष्टी भएको छ ।

यो संगै बागलुङमा कोरोना संक्रमितको संख्या १९४ पुगेको छ भने निको भएर घर फर्कनेको संख्या २४ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *