आदर्श अनलाइन, बरेङ
जैमिनी नगरपालिका वडा नम्बर १० राङखानी किटेनी रहेको जनता प्राथमिक विद्यालय पहिरोको उच्च जोखिममा परेको छ ।
लगातार परेको अविरल वर्षाको कारण विद्यालय पहिरोको उच्च जोखिममा परेको हो । विद्यलाय भवनको माथिल्लो र पछाडीको भागदेखि पहिरोल क्षेति पुगेको छ ।
विद्यालय क्षेत्रमा अव्यवस्थित तरिकाले मोटरबाटो बिस्तार गर्दा विद्यालय जोखिमा परेको स्थानीयको भनाई छ ।
विद्यालयय व्यवस्थापनको लागि नगरपालिक र प्रदेश सरकारसँग माग गरेको प्रधानाध्यापक कृष्णा श्रीसले बताउनुभयो ।