गलकोटका १५ जना कोरोना जितेर घर फर्किए

डम्मर बुढा मगर, बागलुङ
गलकोटको नरेठाँटी स्वास्थ्य चौकी प्रि–आइशोलेसनमा रहेका १५ जना कोरोना जितेर घर फर्किएका छन् ।

उनीहरुको दोस्रो रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उनीहरुलाई थप एक हप्ता होम क्वारेन्टिनमा बस्न लगाएको भण्डारीको भनाई छ । भारतको विभिन्न स्थानबाट आएर क्वारेन्टिनमा बसेका उनीहरुमा केही दिन अगाडी कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *