महाअभियानको तर्फबाट स्वास्थ्य सुरक्षा सामग्री सहयोग

आदर्श अनलाईन, बागलुङ

बागलुङ नगरपालिकालाई मंगलबार ठूलो मात्रमा स्वास्थ्य सुरक्षा तथा सरसफाईका सामग्री सहयोग प्राप्त भएको छ ।

नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयको आयोजनामा कोरोना भाइरस तथा वातावरण सरसफाई सम्बन्धी सचेतनाका लागि अभियान्ता, कलाकार, खेलाडी तथा स्वयंमसेवक परिचालन सतिहको महाअभियानको तर्फवाट बागलुङ नगरपालिकाकालाई कोरोना भाइरस विरुद्ध लड्नका लागि आवश्यक स्वास्थ्य तथा सरसफाईका सामाग्री हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा स्वास्थ्य सामग्री प्रदान गर्नका लागि बागलुङ आएको महा–अभियानको समूहलाई नगर प्रमुख जनकराज पौडेलले धन्यवाद दिनुभयो । महाअभियानका तर्फवाट सामाजिक अभियान्ता टेक बहादुर बम पाखीले नगरपालिका प्रमुख जनकराज पौडेलले स्वास्थ्य सुरक्षा तथा सरसफाईका सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

नगरपालिकालाई माक्स, सेनिटाइजर, ग्लोव्स, हेन्ड वास टुल, वाल्टी, कुचो लगायतका स्वास्थ्य तथा वातवरण सरसफाईका सामाग्री सहयोग भएको हो । महाअभियानका संयोजक नारद खतिवडा स्वास्थ्य सामाग्री वितरण गर्न जिल्ला जिल्लामा पुगेको हो ।

कार्यक्रममा गायक डिजराज पौडेलको सांगितिक प्रस्ततुती तथा हास्य कलाकार यादव देवकोटा सरापेले प्रस्तुती दिनुभएको थियो । कार्यक्रम गायक तथा सञ्चारकर्मी रोसिका रिजालले गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *