बागलुङमा एकै साथ जिते ६८ जनाले कोरोना


–आदर्श अनलाईन, बागलुङ

बागलुङ जिल्लामा एकैसाथ ६८ जनाले कोरोना जितेका छन् । बागलुङ जिल्लाको धौलागिरी बहुमुखी क्याम्पस, धौलागिरी अस्पताल बागलुङ तथा नरेठाँटी स्वास्थ्य चौकीको आइशोलेसनमा रहेका ६८ जनाकै पछिल्लो रिपोर्ट नेगेटिभ आएका कारण आइसोलेसनबाट डिस्चार्ज गरिएको हो ।

धौलागिरी बहुमुखी क्याम्पसको आइसोलेसनमा रहेका ४२, धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा बसेका ११ जनालाई आज डिस्चार्ज गरिएको धौलागिरी अस्पताल बागलुङका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो । यस्तै गलकोट नरेठाँटी स्वास्थ्य चौकीको आइसोलेसनमा रहेका १५ जनालाई घर पठाइएको गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले जानकारी दिनुभयो ।

नेपाल सरकारले १४ दिन आइसोलेसन बसाईपछि परिक्षण बिनै घर पठाउन सक्ने कार्यविधि जारी गरेपनि गण्डकी प्रदेश सरकारले अन्तिम रिपोर्ट नेगेटिभ आए मात्र घर पठाउन भने अनुसार बागलुङमा एकैसाथ ६८ जनालाई घर पठाइएको हो । उनिहरुलाई दुई हप्ता होम क्वारेन्टिनमा बस्न भनिएको छ ।

धौलागिरी अस्पतालबाट आधिकारीक रुपमा डिस्चार्ज गरेपनि स्थानीय तहले एम्वुलेन्स मार्फत नलैजादा सम्म आइसोलेसनमै राखिने सूचना अधिकारी गौतमको भनाई रहेको छ । यो संगै बागलुङमा कोरोना जितेर घर पुग्नेको संख्या ९२ पुगेको छ । हाल बागलुङमा कोरोना संक्रमितको संख्या १९४ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *