आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार बिहान गण्डकी प्रदेशका ४ जिल्लाका थप ८ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार बागलुङका १ पुरुष, स्याङ्जाका २ पुरुष , तनहुँका ३ पुरुष र पर्वतका २ पुरुषमा कोरोना संक्रमण देखिएको हो । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १४ पुगेको छ ।
संक्रमण पुष्टि भएका सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या २ सय ८७ पुगेको छ । प्रदेशमा हालसम्म कोरोनाबाट २ जनाले ज्यान गुमाएका छन् ।