गलकोट नगरपालिकाको बजेट ६२ करोड ४६ लाख

डम्मर बुढा मगर, बागलुङ

गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाको सातौं नगरसभाबाट बैठकमा उप–प्रमुख रेणुका काउचाले ६२ करोड ४६ लाख ८१ हजारको बजेट सार्वजनिक गर्नुभएको हो ।

नगरपालिकाले ल्याएको बजेटमा कोरोना भाईरसको रोकथाम, रोजकागार, कृषि, शैक्षिक सुधार र स्वास्थ्य क्षेत्रको विकासलाई प्राथमिकता दिएको छ ।

नगरपालिकाले ल्याएको बजेटमा चालु खर्च तर्फ ३४ करोड, ९९ लाख र पूँजीगत खर्च तर्फ २७ करोड ४१ लाख ८१ हजार रहेको छ ।

यो पनि पढ्नुहोस्

गलकोट नगरपालिकाको बजेट ६२ करोड ४६ लाख

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *