गण्डकीमा थप ३२ मा कोरोना पुष्टि, संक्रमित संख्या १०६२ पुग्यो

आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण देखीएको छ । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ६२ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल चितवनको प्रयोगशालामा भएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३२ जना संक्रमित पुष्टि भएका हुन् । नवलपुरमा १९ जना, तनहुँमा ९ जना, पर्वतमा ३ जना र बागलुङमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

उनीहरु १८ देखी ४७ वर्ष उमेर समुहका रहेका छन् । उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको उनले जानकारी दिए । संक्रमितमध्ये २ सय ९६ जना निको भएर घर फर्किएका छन् भने अहिले सम्म गण्डकी प्रदेशका ३ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा २ सय ३३ जनाको स्वाब परीक्षण गर्न बाकि छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *