गल्मीको मुसिकोटमा पहिरोले ५१ घर जोखिममा, दर्जनबढि विस्थापित

कमल पौडेल, बडिगाड

भिषण वर्षाले ठाउँठाउँमा पहिरो जाँदा ग्रामीण सडकहरु पूर्ण रुपमा अवरुद्ध भएका छन् भने दर्जनौ घरहरु जोखिममा परेका छन् ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर २ को अधिकांश क्षेत्रमा पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । हाँडीखोला क्षेत्रको पहिरोमा बेपत्ता भागिरथ घिमिरेको अवस्था अझै अज्ञात रहेको छ भने वडा नम्बर २ को विभिन्न क्षेत्रहरुमा पहिरोका कारण जनजीवन प्रभावित भएको छ ।

बाँचपाटा, बुढाथोक, पात्लाकोट, दुलुङ, ढुँगेपोखरी, बोक्सीओडार, खस्थोक अमराई, आरुपाटा, बतासेडाँडा, चित्रुङ, सारुटोला, भर्जुवा, पास्ती लगाएतका दर्जनौ क्षेत्रमा पहिरो खसेको छ वडा नं. २ मा मात्रै ५१ ओटा घरहरु जोखिममा परेका छन् । हाँडिखोलामा २ ओटा भट्टी पुरेको छ भने ९ ओटा बंगाला, ४ ओटा गोठ र एउटा कुखुरा फर्ममा पूर्ण क्षेती भएको छ।

पहिरोले विस्तापित भएका वडा सदस्य गोविन्द नेपाली सहितका १४ परिवारलाई नजिकैका विद्यालय तथा सुरक्षीत घरमा राखिएको र बाँकी घर परिवारलाई छिमेकिले आश्रय दिएका वडा सदस्य बाबुराम खत्रिले जानकारी दिनुभयो । वडा नम्बर २ मा मात्रै ११ भैंसी, १४ बाख्रा पुरिएका वडा कार्यालयका महेन्द्र घिमिरेले जानकारी दिनुभयो ।

शुक्रबारदेखि उद्धारमा प्रहरी, जनप्रतिनिधि, स्थानीय सहित खटिएका खटिएका छन् । शनिबार सबै तथ्यांक संकलन गर्ने र आइतबार राहत वितरण गर्ने तयारी नगरपालिकाले गरेको छ । यद्यपी रेडक्रस मार्फत अत्यावश्यक स्थानहरुमा त्रिपाल सहित केहि राहत सामाग्रि शुक्रवार र शनिबार पनि वितरण गरिने बताइएको छ ।

वडा नम्बर १ मा मुख्य बाहेक सवै शाखा सडक अवरुद्ध भएका छन् । आरुचौर जाने सडक पूर्णरुपमा अवरुद्ध भएको छ । वडा नम्ब ७ मा पर्ने खर्बाङ वामीटक्सार सडक अन्तरगत पल्टारमा अवरुद्ध सडक सुचारु भएको छ । विद्युत, संचार सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ भने अधिकाशं ठाउँमा खानेपानी समेत अवरुद्ध भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *