बागलुङ
गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार बिहान गण्डकी प्रदेशका २ जिल्लाका थप ३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार तनहुँ जिल्ला व्यास नगरपालिकाका एक ६ वर्षीय बालक र शुक्लागण्डकी नगरपालिकाका २८ वर्षीय पुरुष तथा बागलुङ काठेखोला गाउँपालिकाका २४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका ३ जनालाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाइएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९१ पुगेको छ ।
गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको भएर घर फर्किनेको संख्या २ सय ८७ पुगेको छ । गण्डकी प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ पुगेको छ ।