क्वारेन्टिनमा रहेका निसीखोलाका युवाको मृत्यु

डम्मर बुढा मगर, बागलुङ ।
क्वारेन्टिनमा बसेका निसीखोलाका एक युवाको मृत्यु भएको छ ।

निसीखोला गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख मिलन मल्लले आदर्श अनलाइनलाई जानकारी दिनुभयो ।

केही समय अगाडी भारतबाट आएर ढोरपाटन नगरपालिका वडा नम्बर ४ खुङ्गा स्थित छोरेगाउँ माविको क्वारेन्टाईनमा बसेका उनको आज मृत्यु भएको डा.मल्लले आदर्श अनलाइनलाई बताउनुभयो ।

लामो समयदेखि भारतमा बस्दै आएका विक किड्नी सम्बन्धि रोगबाट ग्रसित थिए ।
उनको पिसिआर रिपोर्ट अहिलेसम्म आएको छैन । रिर्पोट आएपछि उनको दाहसंस्कार गरिने डा.मल्लले बताउनुभयो ।

नेपाल आर्मीले उनको शव व्यवस्थापन गर्ने बताइएको छ ।

यो पनि पढ्नुहोस्

क्वारेन्टिनमा रहेका निसीखोलाका युवाको मृत्यु

  1. भारत देखि आएको महिनौंसम्म सम्म पनि चेकजाँच छैन कोरोना बाहेक अन्य रोगका बिरामी छन त्यसको उपचार छैन , क्वारेन्टाइन भनेको छ बिहान साझ दुई छाक खन दिएको छ मात्र यसरी कसरी हुन्छ ।मान्छे नमोरेर को मोर्ने त?????अनेक मानसिकताबाट ग्रसित हुन्छ ,कोरोना लागेको रहेछ भने मोरि हाल्छ नि ,मोर्नै लाग्दा परान जाने बेला ब्लड लगेर चेक गर्छ रिपोर्ट आउने त कहिले हो था छैन। त्यही पनि रिपोर्ट नेगेटिभ आउने पक्का छनी याद गर्नोस किनकि नीति र उत्तम तरिका पनि त्यही हो जिम्मेवारी पक्ष उम्कने ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *