बागलुङमा थपिए ५ जनामा कोरोना संक्रमित

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको ढोरपाटन नगरपालिकाको १ जना २९ वर्षीया महिला, बडिगाड गाउँपालिकामा ३४ र ४० वर्षीय पुरुष, काठेखोला गाउँपालिकामा २७ र ३४ वर्षीय पुरुषमा गरि ५ जनामा कोराना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

योसँगै जिल्लामा संक्रमितको संख्या २०९ पुगेको छ । १०३ जना निको भएर घर फर्किएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *