पत्रकार महासंघ बागलुङको २० वर्ष : पेशागत सुरक्षा मुख्य चुनौती

आदर्श अनलाइन, बागलुङ

नेपाल पत्रकार महासंघ बागलुङ स्थापना भएको २० वर्ष पुरा भएको छ ।

स्थापना दिवसका अवसरमा बिहिवार महासंघ बागलुङ शाखाले आफ्नो नवनिर्मित भवनको सभाकक्षमा पहिलो अन्र्तक्रिया कार्यक्रम ग¥यो । १८ औं स्थापना दिवसमा गृह प्रवेश गरेको महासंघको २०५७ असार २५ गते बागलुङ शाखा स्थापना भएको थियो । यद्यपी, यसअघि शाखा स्थापनाको पहल र प्रयास भए पनि केन्द्रले मान्यता प्रदान गरेको थिएन ।

स्थापना दिवसका अवसरमा आयोजित कोरोना कहर र पत्रकारका चुनौती विषयक अन्तरक्रिया सहभागी पत्रकारले मानव जीवनकै कठिन संकट मानिएको कोरोना पत्रकारका लागि पनि नयाँ चुनौतीको रुपमा देखिएको बताएका थिए । कोरोना संकटले सञ्चार माध्यमका आम्दानीको स्रोत ठप्प भएको र धेरै सञ्चार संस्थाले पत्रकारलाई प्रत्यक्ष परोक्ष निकाल्न समेत थालेको भन्दै सरकार र पत्रकार महासंघ लगायतले पेशागत सुरक्षाको ग्यारेन्टि गर्न पहल गर्नुपनेमा जोड दिएका थिए । कोरोनाको तिव्र जोखिम र संकटका बीच अझ बढि जिम्मेवारी बहन गरिरहेको अवस्थामा पत्रकारलाई थप सेवा, सुविधा र अवसर सिर्जना गर्नुपर्नेमा बिभिन्न बाहना बनाएर दबाबमुलक हिसावले बिदाई गर्ने कार्य आपत्तिजनक भएको सहभागी पत्रकारको भनाई थियो ।

अहिलेको संकटमा पत्रकार र सञ्चार माध्यम नभएको भए के अवस्था हुन्थ्यो ? भनेर कल्पना गर्दा पनि भयानक अवस्थाको परिदृश्य देखिने भन्दै स्थानीय सरकारले संकटमा मिडियाकर्मीको वृत्ति विकास, पेशागत सुरक्षा र सञ्चार माध्यममा बिशेष सहयोग परिचालनको प्याकेज ल्याउनु पर्ने बताएका थिए ।

पत्रकार महासंघका निवर्तनमान शाखा अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले छलफलको मुख्य बिषय प्रस्तुत गर्नुभएको कार्यक्रममा पत्रकार महासंघका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, रामबहादुर जिसी, कान्तिपुरकर्मी प्रकाश बराल, नेपाल टेलिभिजनमा कार्यरत किरण आचार्य, ईनेपाल खबरका सज्जनकुमार सिंह,रासस धौलागिरीका पूर्व प्रमुख यामबहादुर थापा र नागरिककर्मी संगम घर्ती लगायतले संकटमा पत्रकार प्रतिको अपेक्षा र जिम्मेवारी बढे पनि मिडिया सञ्चालकको गैरजिम्मेवारीपनले चूनौती थपिदै गएकोमा चिन्ता व्यक्त गरेका थिए । अरु समस्यमा परेको समाचार लेख्ने पत्रकारहरुले अब आफु र आफ्ना समस्याका बारेमा पनि बोल्नुपर्ने बेला आएको बताएका थिए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले मिडिया र मिडियाकर्मी पूर्वाग्रह मुक्त भएर तथ्य र सत्यको साथमा कलम चलाउनु पर्ने बताउनुभयो । यसमा मिडियाले आँफुलाई प्रतिस्पर्धी पनि बनाउनु अपरिहार्य भएको भन्दै मिडिया र मिडियाकर्मीका बीचमा पनि यथेष्ट समन्वय आवश्यक रहेको बताउनुभयो । नगरपालिका मिडियामैत्री बोल्ने नभई गर्ने हुने भन्दै त्यसका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले पत्रकारले आम नागरिकलाई संकटका बीच पनि सत्य तथ्य सूचना सम्प्रेषण गर्न खेलेको भुमिका प्रशंसनीय भएको बताउनुभयो ।

कार्यक्रममा नेकपाका जिल्ला सचिव ज्ञामनाथ गैरे, नेपाली कांग्रेसका जिल्ला सचिव नवराज पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर थापा, जनता समाजवादी पार्टीका नेता यामबहादुर घर्ती, बागलुङ उद्योग बाणिज्य संघका उप-महासचिव थानेश्वर सुवेदी, नागरिक समाजका संयोजक काजी गाउँले श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष मञ्जु क्षत्री लागयतले सशस्त्र युद्ध, शाहि शासन, नाकाबन्दी लगायतका कठिन घडीमा पनि पत्रकारले निर्भिक भएर आवाज उठाएको स्मरण गर्दै अहिलेको संकटमा पनि बिचलित नहुन र परिस्थितिको सामना गर्न आग्रह गरेका थिए । यसका लागि स्थानीय सरकारलाई थप जिम्मेवारबोध गर्न आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङको नवनिर्मित भवनको हाल सम्म हिसाव किताव कोषाध्यक्ष विजय रानाले सार्वजनिक गर्नुभयो । महासंघको भवन निर्माणका लागि केन्द्र, प्रदेश र स्थानीय सरकार देखि सामाजिक संघ संस्था, सामाजिक व्यक्तित्व र पत्रकारबाट ९० लाख १० हजार २ सय ७६ रुपैयाँ संकलन भएकोमा ९७ लाख ९१ हजार ६ सय ८८ रुपैयाँ खर्च भएको कोषाध्यक्ष रानाले जानकारी दिनुभयो । बाँकी अपुग रकम स्थानीय सरकार र सामाजिक संघ संस्थासँगको सहकार्यमा तालिम लगायतका कार्यक्रम गरेर बचत गरि व्यवस्थापन गर्ने प्रयास भइरहेको बताउनुभयो ।

कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषको अध्यक्षता, सह–सचिव सुवास आचार्यको स्वागत मन्तव्य र सचिव राम थापा ‘अविरल’को सञ्चालन सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *