म्याग्दीमा पहिरोले पुरिएर ८ जना वेपत्ता

राकेश शर्मा, म्याग्दी
हिजोदेखि परेको लगातारको बर्षासँगै म्याग्दीको विभिन्न ठाउँमा पहिरो जाँदा शुक्रबार ८ जना वेपत्ता भएका छन् । पाँच वटा घर पहिरोले बगाएको छ । धवलागिरी गाउपालिका–६ मराङको रिखामा सात जना वेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना वेपत्ता भएका मराङका वडा अध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भिमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । भिमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए ।धनबहादुर भने घाईते भएर निस्केको वडा सदस्य लोकबहादुर पुनले जानकारी दिनुभयो ।

भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको स्थानीयबासी समेत रहेका वडा सदस्य लोकबहादुर पुनले बताए । माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका छन् ।

यसैगरी मालिका गाउपालिका–७ बिमको दुलेमा पहिरोले सोमनाथ पौडेलको घर बगाउदा दुई जना वेपत्ता भएका स्थानीय थमन जुग्जालीले बताउनुभयो । सो पहिरोले नौमानेको शिव आधारभूत विद्यालयको भवनमा समेत क्षति पु¥याएको छ ।यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ ।

बिरबहादुर पुन र परदेवी पुनको घर बगाएको स्थानीय भुवानी पौडेलले जानकारी दिनुभयो । घरका मानिसहरुले भागेर ज्यान बचाएका छन् । भाग्ने क्रममा १ जना घाइते भएका छन् । बेवक्ता भएकाको उद्धारको लागि प्रहरीको दुई टोली घटना स्थलमा जार्दै छ । मौसब केही खुलेमा हेली मार्फत उद्धारको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । उहाँँका अनुसार अझै केही दिन अविरल बर्षा हुने पुर्वअनुमान गरिए संगै म्याग्दीमा हुने विपत परेमा उद्धारको लागि टोली तयारी आवश्यक तयारी गरिएको छ ।

त्यस्तै जिल्लाको रघुगंगा गाउँपालिका– ३ पिप्ले र बेनपा ९ घतान जोड्ने मोटरेबल पुल रघुगंगा नदिले बगाएको छ । बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क बन्द भएको छ ।मोटरेबल पुल नजिकै रहेको झोलुङ्गे पुल समेत बगाउने अबस्थामा रहेको छ । पुल नजिकैको २० घर परिवारलाई रघुगंगा गाउँपालिकाले राहतको

व्यवस्था गर्ने जनाएको छ । विस्तापित हुने अवस्थाका २० घरपरिवारको लागि तत्काल गाउँपालिकाको विपत व्यवस्थापन कोषबाट सहयोग गरिने गाउँपालिका अध्यक्ष भब बहादुर भडारीले बताउनुभयो ।

अविरल बर्षाले म्याग्दीका विभिन्न ग्रामिण सडक समेत अवरुद्ध गरेको छ । भने दजनौँ बस्ती जोखिममा रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *