प्रहरी चौकी डुबानमा

आदर्श अनलाइन, पोखरा
बिहिबार रातिदेखि परेको अविरल वर्षाका कारण पाेखराकाे लेखनाथस्थित डाँडाकोनाक प्रहरी चौकी डुबानमा परेको छ ।

वर्षासँगै मिसिएको डाँडाका मूलहरुले बनेको भल नजिकैको नालाले थेग्न नसक्दा चौकी जलमग्न भएको हो ।

कार्यालय डुबानमा परेपछि प्रहरी कर्मचारीलाई समस्या परेको छ । गुनासो कक्ष, मुद्दा शाखा, क्यान्टिन, शौचालय, पार्किङ सहितका क्षेत्रहरु पानीले डुबाएको थियो ।

२ तले भवनमा तल्लो तला डुबानमा परेपछि माथिल्लो तलामा सामानहरु सारिएको डिएसपी अर्जुन रानाभाटले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *