१७ हजार डाले घाँसका बिरुवा वितरण

आदर्श अनलाइन, बागलुङ
बागलुङमा भु–संरक्षण संगै किसानलाई पशुपालनमा जोड दिनका लागि यस वर्ष निशुल्क बिरुवा वितरण भइरहेको छ ।

ग्रामिण भागमा सडक निर्माण गर्ने कार्यले तिव्रता पाएसंगै भू–क्षय कम गरी गाई, भैसी तथा बाख्रा पालनमा सहयोग पु¥याउनका लागि डाले घाँसको बिरुवा वितरण भइरहेको भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत सम्र्पक कार्यालय बागलुङले जनाएको छ । साविकको भू–संरक्षण कार्यालयमा उत्पादन भएका ३० हजार घाँसका बिरुवा निशुल्क रुपमा वितरण भइरहेको भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका प्रमुख कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

अहिले सम्म झण्डै १५ हजार डाले घाँसका विरुवा वितरण भइसकेको भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालयका सहायक अधिकृत बिवेक तामाङले जानकारी दिनुभयो । अहिले कार्यालयबाट निशुल्क रुपमा राय खन्यु, निमारो, कल्की र पारिजात लगायतका डाले घाँस र फूलका बिरुवा वितरण भइरहेको नर्सरी नाइके दुर्गाप्रसाद रिजालले बताउनुभयो ।

यस्तै डिभिजन बन कार्यालय बागलुङबाट समेत डाँले घास र फूलका बिरुवा वितरण थालिएको छ । डिभिजन वन कार्यालयमा उत्पादन भएको झण्डै २० हजार बिरुवा मध्ये हाल सम्म झण्डै दुई हजार बिरुवा वितरण भइसकेको छ । डिभिजन वन कार्यालय बगालुङको नर्सरीमा उत्पादन भएका कल्की, टिमुर, सिल्टिमुर, चिउरी, अमला, गोलमोर र धूपी सल्ला लगायतका प्रजातिका बिरुवा आम नागरिकलाई निशुल्क वितरण गर्न थालिएको सहायक बन अधिकृत सन्दिप पौडेलले बताउनुभयो ।

निशुल्क रुपमा वितरण गरिने बिरुवा कृषि समूह तथा वडा कार्यालयको सिफारिसमा एक हजार सम्म र प्रति व्यक्ति ३० वटाका दरले बिरुवा वितरण गरिने नर्सरी नाईके रिजालको भनाई छ ।

पाखो बारीे तथा ग्रामिण सडकको छेउछाउमा बिरुवा लगाउन पशुलाई आहारा र भूक्षय हुनबाट जोगिने हुनाले दुवै कार्यालयले वर्षेनी बिरुवा उत्पादन तथा वितरण गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *