युवती बलात्कार गरेको आरोपमा सशस्त्रका एसएसपी पक्राउ

सुशान घिमिरे, पोखरा
सशस्त्र प्रहरी तालिम केन्द्र लामापाटनका प्रमुख एसएसपी राजेन्द्र कुमार अधिकारी चितवन घर भएकी २७ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

बुधबार दिउँसो एक युवतीले जिल्ला प्रहरी कार्यालय कास्कीको कन्ट्रोल रुममा फोन गरेर रुदै आफुलाई सशस्त्र प्रहरीको एसएसपीले बलात्कार गरेको बताएपछि घटना बाहिर आएको थियो ।

लगत्तै प्रहरीले फोन गर्ने युवतीको खोजी गर्यो । केही समयमा नै प्रहरीले युवतीलाई फेला पर्यो । युवतीले एसएसपी अधिकारीले बुधबार बिहान लामापाटन स्थित आफ्नो क्वाटरमा बोलाएर खान खाने क्रममा लठ्याउने औषधी मिसाइ बलात्कार गरेको बताएपछी प्रहरी एसएसपीको खोजीमा खटियो र एसएसपी अधिकारीलाई तालिम केन्द्र भित्रै झाडीमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गर्यो ।

उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यलय कास्कीका एसपी जीवनकुमार श्रेष्ठको टोली नै लामापाटन पुगेको थियो । त्यसअघी वडा प्रहरी कार्यलय रामबजारका इन्सपेक्टर प्रकाश थापा र जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपीको टोलीले खोजी गर्दा अधिकारी नभेटिएपछी एसपी श्रेष्ठ आफै पुगेका थिए ।

स्याङ्गजा घर भएका एसएसपी अधिकारी मंगलबार मात्रै प्रधान कार्यालय कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा भएका थिए । मंगलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यलयले १७ जना एसएसपीको सरुवा गरेको थियो ।

एसपी श्रेष्ठले आरोपित अधिकारीलाई नियन्त्रणमा लिएसगंै थप अनुसन्धान सुरु गरिएको बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *